सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो ।
भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर अडिएपछि स्थानीय सर्वसाधरणसमेत चकित बने । आखिर कसरी समाउँछ, कुकुरले अपराधी ? नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयका डिएसपी प्रमोद भट्टका अनुसार गन्धका आधारमा कुकुरले अपराधी पक्राउ गर्न सहयोग गर्छ ।
मानव छालाबाट हरेक मिनेटमा ४० हजार पुराना कोष झर्छन् र नयाँ बन्छन् । त्यस्ता कोष एकदमै सानो हुने भएकाले मानव आँखाले देख्न सकिँदैन् । कोषमा विभिन्न तीन किसिमका रससमेत मिसिएको हुन्छ ।
तिनै रसको गन्धका आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...