क्वालालम्पुर, १७ वैशाख । मलेसियाबाट २ हजार ६ सय नेपाली घर फर्किएका छन् । थ्रि प्लस वान भोल्युन्टरी कार्यक्रममा आत्मसर्मपण गरि उनीहरु घर फर्किएको जनाईएको छ ।
अबैधानिक कामदारको हैसियतमा रहेकाहरु अध्यागमन विभागमा आत्मसर्मपण गरि नेपाल फर्किएको यहाँका उपगृहमन्त्री दातुक नुर जजलानलाई उद्धृत गर्दै द सन डेलीले खबर छापेको छ ।
मलेसिया सरकारले अबैधानिक आप्रवासी कामदारका लागि अहिले २ ओटा अवसर दिएको छ । त्यसमध्ये एउटा अवसर आत्मसर्मपण गरि आफ्नो मुलुक फर्किनुपर्ने हो भने अर्काे अबसर, पुनः बैधानिक बन्नुपर्ने हो ।
नेपाली कामदारसंगै बिभिन्न मुलुकका गरि ४० हजार अबैधानिक आप्रवासीले यसपटक आत्मसर्मपण गरी आ–आफ्नो मुलुक फर्किएका छन् । घर फर्किनेमा ईण्डोनेसियन २० हजार, म्यानमारी ४ हजार ९ सय, बंगलादेशी ३ हजार ९ सय र ईण्डीयन २ हजार ७ सय लगायत रहेका छन् ।
गत फेब्रवरी १५ तारिखदेखि मलेसियामा शुरु भएको रिहायरिंग कार्यक्रममा सहभागी बन्न नचाहनेहरु आ–आफ्नो मुलुक फर्किएका हुन् । रिहायरिंग कार्यक्रमसंगसंगै मलेसियाले अबैधानिक कामदारमाथिको धरपकड पनि जारी राखेको छ । रिहायरिंग कार्यक्रमको प्रक्रियामा अहिले सम्म ५० हजार मात्र आएको बिभिन्न संचारस्रोतले जनाएका छन् । यो कार्यक्रम आगामी जुन महिनाको मसान्तसम्म जारी रहने छ । मलेसियामा रहेका लाखौ अबैधानिक कामदारलाई बैधानिक बनाउन जारी राखीएको रिहायरिंग कार्यक्रम पनि सन्तोषजनक रहेको बताईएको छ ।
मलेसियाले छिट्टै आप्रवासी कामदार ल्याउने
यसैबीच मलेसियाले अब छिट्टै आप्रवासी कामदार ल्याउने भएको छ । गत फेब्रवरी महिनाको मध्य तीर यहांको सरकारले आप्रवासी कामदार तत्काल नल्याउने भनी घोषणा गरेको थियो । मलेसियामा पछिल्लो समय कामदारको ब्यापक अभाब हुन थालेपछि सरकारले आप्रवासी कामदार ल्याउने मनस्थिती बनाएको हो । मलेसिया रिटेल चेन एसोसियसनको कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्री दातुक सेरी जाहीद हमादीले अब छिट्टै आप्रवासी कामदार ल्याईने बताएको मलेसियन पत्रपत्रिकाले खबर छापेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...