-->
साउदीबाट एक नेपालीको गुहार – बालबच्चाको मुख हेर्नु छ, मेरो उद्दार गरिदिनुस्
Advertisement

१३ वैशाख, भैरहवा । वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका एक नेपालीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् ।करिब ३ महिना अघि रुपन्देहीको मानपकडी गाविस १ का ३३ वर्षीय रामनिवास यादव रोजगारीका लागि साउदीको रियाद शहरको ११ कुबरी अलखाराजी रोड स्थित रहेको अल-एमामा स्टिल फर्निचर कम्पनीमा पुगेका थिए । उनी काठमाण्डौँको सामाखुशी स्थित स्टिरलिङ ओभरसिज प्रालि मार्फत साउदीको अल-एमामा कम्पनीमा रोजगारीका लागि पुगेका हुन् । तर २ महिना ८ दिन काम गरेपछि पेटमा समस्या आएपछि काम गर्न नसकेको र आफुलाई नेपाल पठाईदिनका लागि कम्पनीमा आग्रह गर्दा कम्पनीले कुनै सुनवाई नगरेकाले अफुलाई उद्धारकोपहल गरिदिन उनले अनुरोध गरे ।उनक अनुसार पेटमा समस्या आएपछि अस्पतालमा गएर चेकजाँच गराउँदा अस्पतालले अल्सर भएको बताएको थियो । ‘काम गर्न सकेको छैन, आफुसँग रहेको पैसा पनि उपचार गराउँदा सकियो’ उनले टेलिफोनमा भावुक हुँदै भने-‘औषधिले केही सुधार भएको छैन, मलाई नेपाल आउनमा पहल गरिदिनुस, मलाई आफ्नो बालबच्चाको मुख हेर्न मन लागेको छ ।’उनी १७ दिनदेखि बिरामी अवस्थामा छन् । खाना पानी दिने पनि कोही नभएर अलपत्र परिरहेको उनले बताए । ‘कम्पनीले पनि हेर्दैन, घर जान्छु पठाइदेउ भन्दा पनि सुन्दैन, मेरो बिजोग भो’ यादवले भने । अनलाइन खबरमा समाचार छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.