बैशाख १४
एजेन्सी । चलचित्रमा कैयौँ नायकहरुसँग प्रेमील रोमान्स गरेकी नायिका मल्लीका शेरावतले निजी जिवनमा पनि प्रेमीसँग रोमान्स गर्दै गरेका तस्विरहरु सार्वजनिक गरेकी छिन् ।
फ्रान्सेली ब्यबसायीसँग प्रेममा डुबेकी नायिका मल्लिका अहिले आफ्नो प्रेमीलाई भारतीय स्टाईलमा रोमान्स गर्न सिकाउँदैमा व्यस्त छिन् ।
करिब डेढ महिना अघि फ्रान्स गएकी मल्लिकाले साइरिल अक्जेनफ्यान्ससँग रोमान्स गर्दै गरेका तस्विरहरु सार्वजनिक गरेकी हुन् ।
त्यहाँ उनले फ्रान्सेली स्टाइलमा प्रेमीसँग रोमान्स गरेको उल्लेख गरेकी छिन् । हाल भारतको भ्रमणमा प्रेमीलाई बोलाएकी मल्लिकाले साईरिललाई भारतका केही महत्वपूर्ण स्थान घुमाउने योजनामा छिन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...