काठमाडौं, ९ वैशाख । आन्दोलनमा वैदेशिक निकायको समर्थन खोजिरहेको मधेसी मोर्चाको संयुक्त गठनबन्धनलाई झट्का लागेको छ ।
नेपालका लागि भारतीय राजदूत रन्जित रेले ‘नो’ भनेपछि मोर्चाको आन्दोलन संकटमा परेको हो । यसअघि मोर्चाले भारतको प्रत्यक्ष सहयोगमा सशक्त आन्दोलन गरेको थियो ।
विहीबार दरबारमार्गस्थित एक पाँचतारे होटलमा अबको मधेस आन्दोलन कसरी गर्नेबारे आयोजित कार्यक्रममा राजदूत रे ले मधेसी मार्चाका नेताहरुसँग छलफल गर्न अस्वीकार गरेका छन् । प्रमुख सहयोगी देशकै राजदूतले ‘नो’ भनेपछि मोर्चाको आन्दोलन संकटमा पर्ने देखिएको हो ।
स्रोतका अनुसार मोर्चाका एकजना ठूलै नेताले राजदूतलाई आइदिन हारगुहार गरेका थिए । तर, राजदूतले ‘म आउन सक्दिन’ भनेका छन् ।
बुधबार मात्रै बसेको मोर्चाको बैठकले अबको आन्दोलनमा वैदेशिक समर्थन जुटाउने निर्णय गरेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...