‘३ इडियट्स’का तीन अभिनेता अर्को सिक्वेलमा देखा पर्ने? एजेन्सी।
सन् २००९ मा रिलिज भएको राजकुमार हिरानी निर्देशित बलिउड चलचित्र ‘३ इडियट्स’को कथा, पात्रलगायत सबै निकै चर्चित रह्यो। ‘रङ्ग दे बसन्ती’मा पनि सँगै देखिएका तीन कलाकार- आमिर खान, शरमान जोशी र आर. माधवनको प्रमुख भूमीका रहेको यस चलचित्रले सबैको मन छुन सफल भएको थियो। यसै सन्दर्भमा, चलचित्रका निर्देशक राजकुमारी हिरानीले यहि इतिहासलाई फेरि दोहोर्याउने योजना गरेको चर्चा चलेको छ।
राजकुमारले ‘३ इडियट्स’सँगै सम्बन्धित अर्को चलचित्र बनाउने योजना बनाएका छन्, जसमा आमिर खान र उनका दुई साथीहरूको मूख्य भूमीका रहनेछ।
उक्त खबरलाई पुष्टि गर्दै शरमान जोशीले स्पटबाई.कम मार्फत हिरानीले तीनैजनासँग सो प्रोजेक्टको बारेमा विचार पोखेको कुरा खुलाएका छन्। साथै यो विचारलाई यथार्थमा परिवर्तन गर्न आतूर रहेको पनि उनले लेखेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...