भिन्डी हरियो साग सब्जीहरुमध्ये सबै भन्दा भरपर्दो चिकित्सकीय गुण भएको तरकारी हो । हामीलाई आशा छ यो लेख पढेपछि तपाईहरुले भिन्डीको प्रयोग दैनिक रुपमा डाइटको रुपमा प्रयोग गर्नु हुनेछ । हामीले भिन्डी किन खानु पर्छ र यसको चिकित्सकीय फाइदा के के होला भन्ने जिज्ञाशा समाधानका लागि यो सुझाव राख्दैछौं ।
भिन्डी प्रयोगबाट हुने फाईदाहरु :
१. कोलस्ट्रोल नियन्त्रण गर्छ र यसको प्रयोग गरियो भने खराव कोलस्ट्रोल आपसे आप नियन्त्रण हुँदै जान्छ ।
२. गर्भधारण र भ्रुण बिकासमा सहयोगि भूमिका खेल्छ । गर्भबती महिलाले भिन्डी सेवन नियमित रुपमा गरेको खण्डमा उसको गर्भमा रहेको बच्चाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । साथै यसले भ्रूण तंत्रिका ट्यूबको विकास र ट्रयूबमा कुनै पनि प्रकारको आइपर्ने खरावीलाई रोक्ने काम गर्छ ।
३. छालाको बचाबट र फाइवर विषाक्त रोक्ने गुण हुने भएकाले यसको प्रयोग गर्नाले शरिरमा हुने तन्तुहरु, अनुहारमा आउने डन्डीफोरको नियन्त्रण, छालामा हुने करुपपना, र अरु छाला संबद्ध समस्याहरु समाधान गर्छ ।
४. यौनाङ्गमा हुने समस्याहरुको रोकथाम गर्छ । भिन्डी प्रयोग गर्नाले यौनाङ्गमा हुने समस्याहरु जस्तै सिपलीश, महिनाबारीमा हुने अत्यधिक रक्तस्राव, ल्यूकोरिया, गनोरिया, अत्यधिक मात्रामा देखिने यौन चाहनामा कम लगायतका यौन रोगहरुबाट छुटकारा दिलाउछ ।
५. दम तथा श्वासप्रश्वासको उपचार भिन्डी प्रयोग गर्नाले दमका रोगीहरुलाई पनि फाइदा मिल्छ । यसको सेवन गर्नाले दम रोगीहरुमा भैपरि आउने आक्रमणबाट बचाउछ । भिन्डीमा भिटामीन सीको मात्रा प्रशस्त मात्रामा पाइन्छ र जसले छाला चिलाउने समस्या समाधान गर्छ ।
६. पेट तथा आन्द्रा संबद्ध क्यान्सर माधानमा सहयोग पुर्याउँछ भिन्डीमा पाइने अघुलनशिल रेशाले आन्द्रा सफा पार्ने र पेटमा हुन सक्ने खतरना ट्यूमरलाई पनि कम पार्ने काम गर्छ । भिन्डीमा एक प्रकारको रोग प्रतिरक्षात्म गुण हुन्छ जसले क्यन्सर जस्तो भयानक रोगसँग पनि जुध्न सक्छ ।
७. रोग प्रतिरक्षा क्षमता९ भिन्डीमा एक प्रकारको विषादी नियन्त्रण गर्ने क्षमताका साथै भिटामिन सी हुन्छ जसले खाना राम्रो सँग पचाउने काम गर्छ। खाना सहजै पचाउन सक्ने क्षमता भएको मानिस निरोगी हुन्छ ।
८. फाइवर स्रोतको मात्रा अत्यधिक हुन्छ । भिन्डी प्रयोग गर्नाले खाना सजिलै पच्छ । भिन्डीमा उपलब्ध फाइवरको सहायताले खाना पाचन प्रणाली सहज हुन्छ र सजिलै खाना पच्छ ।
९. प्रोटिनको मात्रा अत्यधिक हुन्छ । भिन्डीको बिउमा प्रोटिन, सल्फर अमिनो एसिड लागयतकोे मात्रा प्रशस्त हुन्छ जुन हाम्रो स्वास्थयका लागि अति आवश्यक हुन्छ ।
१०. कपालको सुरक्षा गर्ने क्षमता । भिन्डीमा केसलाई बाचाइ राख्ने गुण हुन्छ र यसले चायाँ, जुम्रा, लिखा, कपाल चिलाउने समस्या लगायतलाई सखाप पारि दिन्छ ।
११. घाम बाट बचाउँछ । भिन्डीको प्रयोग गरेको खण्डमा घामका कारण हुने कमजोरी, थकान जस्ता समस्याबाट समाधान पाउन सकिन्छ ।
१२. कब्जियत समस्या समाधान गर्छ । भिन्डीमा उपलब्ध फाइवरले पेटमा संचो पार्नुका साथै दिशा सफा पार्छ । भिन्डीमा हुने चिल्लो पनाले पेटमा संचो ल्याउछ ।
१३. उपयुक्त आहार । भिन्डीले पनि दहिले जस्तै पाचन प्रक्रियालाई यथावत राख्न सहायता पुर्याउँछ । यसमा उपलब्ध भिटामीन बिले यस्तो कार्यमा सहयोग पुर्याउने गर्छ ।
१४. चिनी बिरामीका लागि । भिन्डीले ग्लुकोजको मात्रालाई घटाउने काम गर्छ । भिन्डीमा उपलब्ध इयुजेनोल फाइवरले ग्लुकोजलाई नियन्त्रण गर्ने काम गर्छ जसका कारण चिनी बिरामीहरुलाई भिन्डी सेवन लाभदायक हुन्छ ।
१५. रक्त संचारमा फाइदा हुन्छ । भिन्डी प्रयोग गर्नाले रक्त संचारमा एक रुपता पैदा हुन्छ ।
१६. श्वासप्रश्वास प्रणालीमा फाइदा हुन्छ । ब्रोङकाइटिश र निमोनिया जस्ता रोगमा भिन्डीको पात र फुल सेवन गर्नाले संचो हुन्छ । भिन्डीको प्रयोग साधारण रुघाखोकीमा पनि लाभ दायक हुन्छ ।
१७. रक्तअल्पतामा पाइदा । भिन्डी सेवन गर्नाले रक्तअल्पता जस्ता रोग पनि निको भएर जान्छ ।
१८. मोटोपना घटाउन मद्धत पुर्याउँछ । भिन्डीमा एक प्रकारको अनौठो गुण हुन्छ जसले शारिरीक मोटोपना घटाउन सहयोगी भूमिका खेल्छ । भिन्डीमा थोरै मात्र क्यालोरी पाइने भएकोले यसले मोटोपना घटाउन मद्धत गरेको हो ।
१९. भिन्डीमा हुने फाइवरले दिशा सफा पार्ने र कोलस्ट्रोल र पित्त लाई सहजै बाहिर निकाली दिन्छ ।
२०. भिन्डीमा एक प्रकारको तत्व हुन्छ जसले एसिड तथा पेट पोल्ने समस्यालाई नियन्त्रण गर्ने काम गर्छ र पाचन प्रक्रियालाई सहज बनाइ दिन्छ ।
२१. हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ । भिन्डीमा उपलब्ध भिटामीन केले हड्डी बलियो पार्नुका साथै कमजोर हड्डीलाई मजबुत बनाउने काम गर्छ ।
२२. आँखामा हुने समस्याहरु जस्तै ग्लुकोमा र पानी बग्ने रोगहरु भिन्डीको सेवन गर्नाले हराएर जान्छ । भिन्डीमा भिटामीन एन हुन्छ जसको सहायताले आँखालाई रोगबाट बचाउन मद्धत पुर्याउँछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...