-->
एमाले र एमाओवादीको काम कम्युनिष्टको आचरणविरुद्ध : डा भट्टराई
Advertisement

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा एमाले र एकीकृत नेकपा माओवादीले कम्युनिष्ट पार्टीको आचरणविरुद्ध काम गर्दै हिडेको आरोप लगाउनुभएको छ ।
मधेस जागरण अभियानअन्तर्गत आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि व्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको तर्क गर्नुभयो ।
नेता भट्टराईले कम्युनिष्टमा सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्नेमा एमाले र एमाओवादी दुवैले कम्युनिष्टको नाममा जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाउनुभयो ।
मधेसी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै डा भट्टराईले छालाको रङ र भाषालाई हेरेर अरुलाई भारतपरस्त र आफूलाई मात्र राष्ट्रवादी देख्नेले मुलुकलाई निकास नदिने धारणा राख्नु भयो ।
नेता भट्टराईले भन्नुभयो, “हिमाल, पहाड र तराइ–मधेसका सबै जाति, भाषा, धर्म र संस्कृति सबैलाई जोड्नु नै सच्चा राष्ट्रियता हो ।”
यसैबीच नेता भट्टराईले आजै भैरहवाको नयाँ सडकमा नयाँ शक्ति नेपालको जिल्ला पार्टी कार्यालयको उद्घाटनसमेत गर्नुभयो ।
वीरगन्ज– यस्तै संयोजक डा भट्टराईले मुलुकको दिगो विकास र समृद्धिका लागि नयाँ राजनीतिक धारको रुपमा नयाँ शक्तिको उदय भएको बताउनुभएको छ ।
सप्तरीको भारदहबाट सुरु गरेको सप्ताहव्यापी मधेस स्वाभिमान जागरण अभियानअन्तर्गत आज पर्साको ठोरीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो – “मुलुकको विकास र समृद्धिलाई केन्द्रमा राखेर नयाँशक्ति नेपाल अगाडि बढिरहेको छ ।”
रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.