११ वैशाख,काठमाडौ ।
प्रधानमन्त्री केपी ओलीसँग अब सिधै जनताको भेट हुने भएको छ । जनताको गुनासो सुन्नको लागि सिधा प्रश्न भन्ने कार्यक्रम मार्फत प्रधानमन्त्रीसँगको कार्यक्रम सुरु हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले प्रत्येक शनिवार पौने नौ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट जनतासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार जनताका अपेक्षा,
सुझाव र समस्या समाधान गर्नको लागि प्रधानमन्त्री ओलीले संवाद थाल्न लागेका हुन् ।
यस अघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि जनतासँग कुराकानी गरेका थिए । प्रधानमन्त्री भएको छ महिनापछि ओलीले पनि जनतासँग संवाद गर्ने भएका छन् ।nepaliheadlines


0 comments
प्रतिक्रिया दिनुहोस्...