सल्यान, यही वैशाख १४ गते राति छायाक्षेत्रमा भएको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले छायाक्षेत्र–९ राणा गाउँका सञ्जय भारतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा आज आयोजित पत्रकार सम्मेलनमा अभिुयक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टी नामको कुकुरले अपराधी भागेको बाटो पत्ता लगाएका आधारमा भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
अभियुक्तले अपराध स्वीकार गरिसकेको जनाइएको छ । वैशाख १४ गते राति घरमा सुतिरहेका अवस्थामा छायाक्षेत्र–९ राणागाउँकी २३ वर्षीया सीता खाँण, उनकै दुई वर्षीया छोरी पवित्रा र ११ महिनाकी छोरी सविता तथा सीताकी सहोदर १८ वर्षीया बहिनी गीता गिरीको अभियुक्तले हत्या गरेको बताइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...